Friday, September 28, 2012

कबिता

गुजारिश तिमीलाई


तिमी मेरी मन कि रानी, जिन्दगीकी घाम जुन हौ,
श्वास धडकन तिमी मेरी, नशा नशाको खुन हौ।

म त झरना हुँ झरी रहन्छु मेटे हुन्छ प्यास तिम्रो,
मन खुशि पारी खाउ खोस्दिन म गास तिम्रो ।

फूल तिमी गमलाकी, पराई घरकी इज्जत हौ,
कहीले कही त लाग्छ मलाइ, तिमी मेरै किस्मत हौ ।

माफ गर के सोचे कतै, गल्ति मैले गरेँ भने 
माछो म पानीतिमीलाई छाडी, भुम्रोतिर सरेँ भने ।

स्मिर्ती मा मात्रै पाये तिमी साच्चै सौ भाग्येबती
हर सिप छ ज्ञान छ तिम्रो मुखमा सरस्वती ।

बिन्ती  मेरो  तिम्लाइ सम्झनाको तीर नदेउ,
म शरीर अपुरो जिन्दगीको  मुटु जल्ने पीर नदेउ । 

सुक्दैन माया तिमिप्रती  चैतबैशाक किन नाआओस
न भन्नु त्यसले बाटो बिराइ अन्तै तिर जाओस् ।

                                       - राज चन्चल

No comments:

Post a Comment