Showing posts with label ENTERTAINMENT. Show all posts
Showing posts with label ENTERTAINMENT. Show all posts

Tuesday, January 24, 2012

LUUT ... THE NEPALI FILM

LUUT...
                 गोपी कृष्ण हलको अध्यारो कुनामा एक्लै धुमधुम्ती बसेर करीब दुई घण्टा आँखा झिम्म नगरि बजार हल्ला र अनलाइन / सोसल मिडिया मा समेत प्रसस्त चर्चा बटुलेको चलचित्र लुट हेरर बाहिर निस्कदै गर्दा म सँगै बाहिर निस्केका एकजना प्रौढको प्रतिकृया यस्तो थियो - म्याचिस ! यस्ता नेपाली फिलिम पनि बन्दा रहेछन नि । बर्षमा मा दुई चार वटा मात्र यस्ता नेपाली चलचित्र बन्दिने हो भने पनि हाम्रो चल्चित्रको गुणस्तर छ्या भन्ने पर्ने त थिएन ।
                चलचित्र सुरु हुनै लाग्दा सुरु हुने "पैसा पैसा मान्छेको जिवन पैसा " बोल को गीत जस्तै पैसाको वारीपरी घुमेको छ लुट । हाकु काले को “बुद्दी लागा पासा “ले यस्तो “मास्तर प्लान” लगाउछ कि बाँकी चार बैक लुटेरा मात्र होइन चलचित्र हेर्ने दर्सकले पनि अन्तिम दिस्य सम्म काले को “मास्तर प्लानको” सुइको सम्म पाउदैनन ।