Wednesday, June 20, 2012

बिदेश्मा रमाएको छ

पाच हजारको जागिर किन गर्छस र भाई
तेरो दाईले बिदेशमा कमाएको नै छ
मोबाईल हैन दिदी I-POD बोक
तिम्रो भाई बिदेश्मा रमाएको छ !!
एक कट्ठा जग्गा हैन बाबा एक रोपनी नै किन्नु
जती सक्छौ छिटो कुरा छिन्नु
किनकी तिम्रो छोरोले बिदेशमा कमाएको नै छ

तिम्रो छोरो बिदेश्मा रमाएको छ !!

न त मलाई बाबा प्रचन्ड गर्मीमा काम गर्नु पर्छ
न त मलाई यहाँ आधा रातमा उठेर काममा जानु नै पर्छ
फर्किएर कोठामा आएर मलाई खान पकाउनु
पनि पर्दैन
न त मलाई शन्चो नहुँदा काममा जानु नै पर्छ
यहाँ मलाई सोर्ग जस्तै छ बाबा
मुसल्टेले मलाई भन्जो जस्तै गरेर माया गर्छन
काम गर्नु नै पर्दैन महिन नबित्दै
खोल्टी भोर्दिन्छन
आफ्नो खयाल राख्नु पनि पर्दैन अरुले नै गर्दिन्छन !
न त मलाई गाउ घरको नै याद आउछ
न त मलाई साथीहरु जस्तै देशमा बस्नु नै मन लाग्छ
मेरो बेक्ती इक्षा नै केही छैनन बाबा मात्र तपाईहरुलाई
सुख दिनु छ
जवानी मेरो कहिलै बित्दैन आमा तिम्रो लागि २
तोला को शिक्री लिनु छ !!
मलाई शम्जिनु नै पर्दैन साथी हो
मलाई यहाँ एकदम सुख सुख छ
मोज मस्तै मै बित्दै छ दिन मेरा
न त मलाई संघर्स नै न त दु:ख छ !!

No comments:

Post a Comment