Sunday, May 27, 2018

जिन्दगीको बेचइन मुसाफिर


तिम्रो मायाको साम्राज्यमा मधहोस भएछु
तिमो विश्वाशको कठघेरामा अन्धो भएछु
थाहा छैन मलाई
खै कसरी बिग्रियो हाम्रो प्रेमको अंकगणित
र बेरुजु भए थुप्रै सपनाहरु
अनी बेवारीसे भयो त्यो आत्मिय समान्ध ।
न तिमीले मलाई बुज्न चाहयौ
न मैले तिमीलाई बुझाउन सके
थाहै न दिई
हाम्रो मायाको भुगोलबाट
पंक्षि जस्तै उडेर गयौ तिमी
अन्नन्त्रै, कहाँ हो था'छैन ।
तब मात्रै बोध भयो मलाई
तिमी न नुहुको पिडा
म निसासिए, म आत्तिए
म हराए, म मातिए
म कमजोर भई धर्मराए, म बर्बराए
तर मेरो पिडाले तिमीलाई कतै छोएन
छोयो त केबेल
समन्धलाई जलाउने धेयले
मलाई नाराज र बेबकुफ बनाउने धेयेले
तिमीले निचोरेर जती दु:खाए पनि
मेरो मन मस्तिस्कले
तिमीलाई कहिलै भुल्न सकेन
तिम्रो नजिक आउँदा या तिमिलाई सम्झिदा
मेरो मुटुले सुस्तरी कहिलै धड्किएन
तिमी यसरी परिवर्तन हुन्छौ भन्ने
तिमीले मलाई भुल्छौ भन्ने
मलाई कहिलै अनुमान भएन
कसरी छक्काइदियौ तिमीले मलाई
र बनाइ दियौ जिन्दगीको बेचइन मुसाफिर

राज चन्चल
२०७४ चैत्र १

No comments:

Post a Comment