Thursday, December 15, 2016

फोनलाई सुपरफास्ट यसरी बनाउनुहोस

तपाईको मोबाइल अहिले पनि नयाँमा जत्तिकै फास्ट छ ? पक्कै पनि छैन होला। किन भने मोवाइल पुरानो हँुदै जाँदा स्पिड पनि स्लो हुँदै जान्छ । यसो हुँदा कसलाई पो राम्रो लाग्थ्यो र ? तर के तपाईलाइ थाहा छ ? केही समयमै तपाइको मोबाइल सुपर फास्ट बन्न सक्छ । यसको लागि सबभन्दा पहिला समस्या पत्ता लगाउनुहोस। जस्तै कुन एप्लिकेशनले धेरै ¥याम र सिपीयुको बढी प्रयोग गरीरहेको छ? फोनको कोरले राम्रोसँग काम गरीरहेको छ की छैन? कुन एपले कति स्पेश ओगटेको छ? यसको लागि केहीमध्ये एप्लिकेशनहरु डाउनलोड गनुहोसः १– क्लीनर ऐप डाउनलोड गर्नुहोस नयाँ एन्ड्रोइड अपरेटिङ सिस्टम ६ Þ० मार्समेलोमा भएको क्लीनर एप्सजस्तो फिचर छ । तर यसले पुरानो भर्सनवाला मोवाइलको यो समस्या हटाउन मेमोरी बुस्टर क्लीन मास्टर र एवीजी क्लीनर जस्तो एप्लिकेशन गुगल प्ले स्टोरबाट डाउनलोड गरेर आफ्नो फोनको स्पीड बढाउन सक्नुहुनेछ । त्यस्तै मोबाइलमा सीपीयुको उपयोगिता थाहा पाउन तपाई ट्रेपन प्रोफाइलर पनि डाउनलोड गर्न सक्नुहुन्छ । यसको मद्दतले तपाईले कुन एप्लिकेशनले तपाइको फोनलाइ स्लो बनाएको थाहा पाउनुहुनेछ । २– मेमोरीलाई खाली बनाउनुहोस एन्ड्रोइड फोन स्लो हुनुको सबैभन्दा मुख्य कारण हो इन्टर्नल मेमोरी भरिनु। त्यसैले मेमोरी सकेसम्म खाली गर्नुपर्छ। जसको लागि फोनमा रहेका काम नलाग्ने फोटो र फाइलहरु फाइलहरु हटाउनुहोस । एस डी कार्डमा पनि केही स्पेस राख्नुहोस । ३ – एप्लीकेशन डिसएबल गर्नुहोस एन्ड्रोइड फोन निर्माताहरुले फोनसँगै धेरै एप्लीकेशन शुरुमै राखेका हुन्छन् । जस मध्ये हामीले निकै कम एप प्रयोग गर्छौ । यस्तो एपलाइ तपाइ अनस्टल गर्नुहोस तर केही यस्ता एप हुन्छन् जो अनस्टल हुदैनन्, त्यस्तो अबस्थामा तपाई त्यो एपलाई डिसेबल गर्न सक्नुहुनेछ । ४– वाजिट्स डिसेबल गर्नुहोस फोनमा सकेसम्म थोरै वाजिट्स प्रयोग होस । एक पटकमा होम स्क्रीनमा धेरै वाजिट्सको प्रयोगले फोन स्लो हुनसक्छ। ५– नोटिफीकेशन अफ मोड आजभोली धेरैजसो एप्लीकेशन लाइभ अपडेट हुन्छन् । जसको कारण मोवाइलमा नोटीफिकेशन आइरहन्छ । नोटिफिकेशन धेरै भएपछि मोबाइल स्लो हुन जान्छ । एजेन्सी

No comments:

Post a Comment