Saturday, April 02, 2016

sangam sahakari

हाम्रो बारे

सहकारीको र्सवमान्य सिद्धान्त, मुल्य र मान्यतालाइ शिरोपर गर्दै, विभिन्न धर्म, संस्कृति, जातजाती, पेशा तथा व्यवसायमा आवद्ध व्यक्ति एवं समुदायहरुलाइ ऐक्यवद्ध गर्दै,स्वबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमीत रुपले बचत गर्ने बानीको बिकास गर्न, संकलित बचतलाइ उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाइ प्रेरीत गर्दै शेयर सदस्य महानुभावहरुलँइ समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थीत जीवनयापनमा सहयोग पुर्‍याउने उद्धेश्यले 2064  संगम बचत तथा ऋण सहकारी संस्था लि. को स्थापना गरिएको हो । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड एक प्रारम्भिक तहको एकल उद्धेश्यीय - बचत तथा ऋण कारोबार गर्ने ) सहकारी संस्था हो । यसले सहकारी सिद्धान्त एवं अन्तराष्ट्रिय बचत तथा ऋण संघका सिद्धान्तहरु पालना गर्दै आफ्ना शेयर सदस्यहरुबीच बचत संकलन गर्ने, बचतमा निश्चीत व्याज प्रदान गर्ने तथा सुलभ व्याजदरमा कर्जा लगानी गर्ने काम गर्दछ । "बचत नै विकासको पहिलो पाइला" हो भन्ने मान्यतालाइ आत्मसाथ गर्दै पूर्ण प्रजातान्त्रिक मोडेल र व्यवहार बाट अभिप्रेति भई यो संस्था सञ्चालीत भएको छ । परिकल्पना (VISION)
"सदस्यहरु बिच सहकार्य र प्रजातान्त्रीक व्यवहार, सुखी र सम्पन्न समुदाय निर्माणको आधार ।"
ध्येय (MISSION)
आर्थिक सक्षमता, सहकारी सिद्धान्त र यसको व्यवहारीक प्रयोगबाट दिगो विकास, आर्थिक भेदभावरहित सामाजीक न्यायको संस्थागत विकास । स्थानीय आन्तरीक स्रोत र साधनको अधिकतम् प्रयोग तथा व्यवस्थीत परिचालन सहित भौतिक एवं मानवीय अत्यावश्यक पूर्वाधारहरुको विकास गरी सामाजिक, आर्थिक न्याय एवं एकतामा जोड ।
लक्ष्य (GOALS)
गरीवी समस्या होइन, अवस्था हो । सहकारीको भावना र मर्मलाइ आत्मसाथ गर्दै पूजी निर्माण र त्यसको परिचालन एवं रोजगारीमा निम्न आय स्तर भएकाहरुको पहुंच पुर्‍याउने र गरीवीको यो विकराल अवस्थालाई न्युनिकरण गर्दै निवारण गर्नमा व्यवस्थीत रुपमा सहयोग पुर्‍याउनु यो संस्थाको प्रमुख लक्ष्य रहेको छ ।
उद्धेश्य (OBECTIVES)
मुख्यतयाः वैक तथा वित्तिय संस्थाहरुसम्म पहुच नहुने तर आर्थिक अवस्था सुधारमा प्रयास गरीरहने समुदायको बिच स-साना बचत रकमलाइ संकलन गरी सामुहिक पुजीको स्थापना गरी सदस्यहरुको आर्थिक र सामाजीक अवस्थामा सुधार गर्दै समाजमा आर्थिक विभेदको अन्त्य र सामाजीक न्यायको स्थापना गर्नु यस संस्थाको मुख्य उद्धेश्य रहेको छ ।
  • सदस्यहरुमा छरिएर रहेका श्रम, सीप, साधन र पूजीलाइ एकत्रित गरी सदस्यरुलाइ आय आर्जनको क्षेत्रमा लगानी गर्न प्रोत्साहीत गर्ने ।
  • सदस्यहरुको आवश्यकतालाइ ध्यानमा राखि विविध किसिमका योजनाहरुको प्रबर्द्धन गर्नुका साथै विभिन्न तह र स्तरका सहकारी र गैरसहकारी संघ संस्थाहरु संग समन्वय गर्दै सदस्यहरु विच वित्तिय सेवा र सुविधाहरु विस्तार गर्दै जाने ।
  • बढ्दो बेरोजगारीलाइ न्युनीकरण गर्न शेयरधनी महानुभावहरुलाइ बैदेशीक रोजगारीको लागी कर्जा प्रदान गर्ने ।
  • सदस्य एवं सदस्यका परिवार तथा नुवाकोट जिल्लाबासीले विदेशमा बसी गरेको कमाइ सजीलै प्राप्त गराउन सकियोस् भनि "संगम मनि ट्रान्सफर" मार्फ सेवा प्रदान गर्ने ।
  • शेयर पूजी बृद्धि गर्ने ।
  • भौतिक पूर्वाधार र मानवीय स्रोत विकास गर्ने ।
  • लगानीमा विविधता
  • सर्म्पर्क समन्वय र विकास
  • सामाजीक सुरक्षा

No comments:

Post a Comment