"यो आसुँ नबग्दो हो त........... "
उ एकान्त कोठामा बसिरहेको हुन्छ मोबाईलमा फेसबूकका पानाहरु पल्टाउदै गर्दा मेसेज हेर्छ "सरी, आज मैले तिमीलाई डिस्ट्ब गर्दैछु, हाम्रो मित्रतालाई अन्यथा नसोच्नु, अतित जे भयो भाईगयो भुलिदिनु .... धेरै दिन पछी यो मन आज तिम्रो आबस्यक्ता मा खड्किएको छ, मान्छौ या मान्दैनौ म दोधार म छु" एतिकैमा उ कसैको सम्झना भाबुक बन्छ अतितलाई सम्झन्छ केहीबेर सोच्छ जीवनका उकाली ओराली हरुमा छोडेर आएको अतित लाई उ फेरी जोडन चाहन्न र पनि मन मनै गहिरो आत्मियता साचेर प्रेम पूजारी को प्रण गर्छ । औपचारिक कुराहरु गर्दा गदै कुन्नी के सोच्यो उस्को मनले मन गरुङो भएको महसुस गर्छ अनयास आँखा हरु रसाउछन अनी आँखाबाट झरेका बलिन्द्र आँशुले तप्प तप्प खसेर छाती रुझाउँछ....... आबेशमा, उ कुरा गर्न नसक्ने जनाउदै भन्छ "तिमी आरामले आफ्नु जिन्दगी जीउनु, मीठो निन्द्रा निदाउनु .... म सँग कुरा गर्नुको औचित्य छैन भने सम्झनु ।" प्रतिउतर मा उस्ले इे शब्दहरु पाउछ "तेसो नभन, म तिम्रो खुशी देख्न चाहन्छु, तिमीले तेसो भनिरहदा म पनि कहाँ निदाउन सक्छु र ?" यी सब्द हरुले उस्को मनमा एक किसिमको हर्स पलाउछ, मायाको तरङग ल्याउछ, ढिलै भये पनि उन्को मन फर्केकोको आभास गर्छ, जुगौ देखी छाती भित्र निसासिएर रहेको ब्यथाहरु आँखाको बाटो हुँदै बग्न थाल्छन, तप्प तप्प खसेर पिडाहरु फेरी उही छाती रुझाउन थाल्छन । उ निदाउन सकेन धेरै बेर पछी मन हलुका भएको महसुस गर्छ । उ मन मनै सोच्र्छ, मैले किन आज फेरी उन्को चित्त दु:खाए, मैले एस्तो नभनेको भये पनि त हुन्थियो । पक्का पनि उन्ले मलाई नराज भएको ठान्छिन । यो मनलाई तेसै बहकिनु पर्ने, इे आसुँ हरुलाई तेसै झरिदिनुपर्ने, कस्तो छ यो आसुँ .... "जीवनका उकाली ओरालीमा कति खसे होलान् यी आँशुहरु, कतै कसैले गाली गरेर, कतै मन कुडिएर, कतै कसैले चित्त दुखाएर, कतै खुशीले, कतै दु:खले, जे गर्दा नि आँशु खस्नुपर्ने । मान्छेको हरेक भावनासँग जोडिएको यो आसुँ नबग्दो हो त मान्छे निसास्सिएर मर्थ्यो होला.... कती प्यारो छ यो आसुँ, खुशी सँगै आँखामा फुली दिन्छ, पिडा सँगै परेलीको दिलबाट बगिदिन्छ, जित्ने लाई हाँसाउछ खुशी बनी बगिदिन्छ, हार्नेलाई रुवाउछ पिडाबनी झरिदिन्छ, आँफैमा सदासयता देखाउछ धनी गरीब भन्दैन सबैको आँखामा छाउछ चैत बैशाक भन्दैन जतिबेला पनि रसाउछ, न सकिने गरी ....न सकिने गरी .... न सकिने गरी, साचै यो आसुँ न बग्दो हो त निसास्सिएर मर्थ्यो होला मान्छे हगी ? " धन्यवाद .
राज चन्चल
2069-6-25
No comments:
Post a Comment